राजनीति

यस्तो छ एमाले माओवादी एकताको खाका

यस्तो छ एमाले माओवादी एकताको खाका


काठमाडौं । एमाले र माओावलीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने भएका छन्।

पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरू छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन्। पछिल्लो पाँच दिन गृहजिल्ला चितवनमा बिताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास बालकोट पुगेका थिए।

त्यहाँदुई नेताबीच झण्डै डेढ घण्टा छलफल भएको थियो। भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंकाचिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरूले बताएका छन्। एकता र सरका निर्माणको विषयमा दुई नेताको तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी छ। ‘पार्टी एकता प्रक्रिा छिटो टुंग्याउनुपर्ने भन्नेमा अध्यक्षहरू सहमत हुनुहुन्छ र त्यहीअनुसार छलफल अघि बढाउनुभएको छ’, एमाले–माओवादी एमता संयोजन समितिका सदस्यसमेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरूकै तहमा केही गृहकार्य भएपछि एकता संयोजन समितिको बैठक बस्ने छ। पार्टी एकता गर्न समय लाग्ने भएकाले सरकार गठनअघि नै एकताको स्वरूप भने तयार गर्ने दुवै पक्षको तयारी छ। त्यही खाका तयार गर्ने क्रममा दुवै दलका अध्यक्ष विकल्पहरूको खोजी गरिरहेका छन्।– कान्तिपुर दैनिकबाट

विशेष