राजनीति

बाँकी जीवन शान्ति र समृद्धिका लागि : प्रचण्ड

बाँकी जीवन शान्ति र समृद्धिका लागि : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन राष्ट्रलाई एकताबद्ध गर्ने, शान्ति र सुशासन कायम गर्ने तथा समृद्धितिर देशलाई लैजानेतर्फ नै केन्द्रित रहेको बताएका छन् ।

ब्रह्मकुमारी राज योग सेवा केन्द्रले शुक्रबार बिहान ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रण्डले अहिले जनताको चाहना नै समृद्धि र विकास भएको बताए। साथै उनले आफ्नो बाँकी जीवन शान्ति र समृद्धिका निम्ति नै खर्चिने उल्लेख गरे।

अहिले हामी राष्ट्रलाई एकताबद्ध गर्ने, शान्ति कायम गर्ने, सुशासन कायम गर्ने र समृद्धितिर देशलाई लैजानैतिर नै केन्द्रित छौँ, प्रचण्डले भने, मैले निर्वाचन अभियानका क्रममा पनि भनेको छु, अब बाँकी जीवन शान्ति र समृद्धिको निम्ति, राष्ट्रको एकता र स्वाभिमानको निम्ति। प्रचण्डले अघि भने, हिजो युद्धको नेतृत्व गरेको, विद्रोहको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्दा कता–कता के हो भन्ने लाग्न सक्छ ? तर, इतिहासमा हेर्‍यो भने युद्धमा लाग्ने मान्छेले नै शान्तिको महत्त्व सबैभन्दा धेरै बुझ्ने र शान्ति कायम गर्न लाग्ने गरेको हामी पाउँछौँ । त्यसक्रममा उनले अशोकाले बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन खेलेको भूमिका स्मरण गरे ।

विशेष