राजनीति

राजपाको केन्द्रीय कार्यालयमा तोडफोड

राजपाको केन्द्रीय कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । प्रदेशसभाको समानुपातिक सदस्यलाई लिएर कार्यालयमा तोडफोड भएको हो ।

मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् । सरकारी जागिर छाडेर समानुपातिकमा बसेका मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकमा थिए । तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो । पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका छन् ।

विशेष