मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा
काठमाडौं । मन्त्रिपरिषद बैठकमा सचिवहरु र मुख्यसचिवविरुद्ध मन्त्रीहरु आक्रोसित भएका छन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए ।
विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो । सोही कारण सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे ।
राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरुले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री देउवाले स्थिति सम्हालेका थिए । –नयाँ पत्रिका दैनिकबाट