विचित्र विश्व

इटालीको यो भूताहा शहर जुन ३६ वर्षदेखि शून्य छ

इटालीको यो भूताहा  शहर जुन ३६ वर्षदेखि शून्य छ

एजेन्सी। संसारमा यस्ता विभिन्न भूताहा शहरहरू भेटिएका छन् जहाँ मानव वस्ती भेटिदैनन् ।  यस्तै शहरमध्येको एक हो इटलीको बालभानो शहर । जुन शहरलाई अहिले ‘भूताहा शहर’ भनिन्छ । यो शहर २३ डिसेम्बर १९८० मा आएको भूकम्पमा विनाश भएको थियो ।

त्यस ठाउँलाइ ६.९ रेक्टर स्केलको भूकम्पले पूरै शहर तहसनहस पारेको थियो । यो घटनामा करिब २४८३ जनाको मृत्यु भएको थियो र ८ हजार भन्दा धेरै घाइते भएका थिए । भूकम्पका कारण शहरका आधाभन्दा बढी घर पूर्ण रुपमा भत्किएका थिए । यसले लाखौं जनता घरबारविहीन भए जो पाल टाँगेर झुपडीमा बसिरहेका थिए ।

यही बेला कैयौं मानिसहरुले यहाँ भट्किएका आत्मा देखेको दावी गरे । त्यसपछि यहाँ अनेकौं विचित्र घटना र दुर्घटना हुन थाले । लगत्तै यहाँका मानिसहरु यो शहरबाट पलायन हुन थाले । केही समयपछि नै लगभग पूरै शहर खाली भयो । त्यसपछि यो पूरै शहर त्यत्तिकै छ । अहिले पनि यहाँ आउने मान्छेहरु भूत देखेको दावी गर्ने गर्छन् । दिउँसोकाे समय भने मानिसहरु यहाँ घुमफिर गर्न र फोटो खिच्न आउने गर्छन् ।

ghost

विशेष