राजनीति

अध्यादेश जारी तर गतिरोध अझै बाँकी

अध्यादेश जारी तर गतिरोध अझै बाँकी

काठमाडाै‌ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ सरकार गठनको बाटो खुले पनि प्रक्रिया लम्बिने भएको छ ।

राष्ट्रियसभा गठन हुनुभन्दा पहिले प्रदेश प्रमुख नियुक्त भइसक्नुपर्छ । देउवा सरकारबाट नियुक्ति हुने प्रदेश प्रमुखबाट सपथ खाएपछि मात्र प्रदेशका सांसद राष्ट्रियसभा चुनावमा मत हाल्न योग्य ठहरीन्छन् । आसन्न सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले चुनावपछि कामचलाउ हैसियतमा गइसकेको देउवा सरकारबाट नियुक्त प्रदेश प्रमुखबाट नयाँ जनप्रतिनिधिले शपथ नलिने अडान लिएको छ ।

ताजा जनादेशबाट पहिलो दल बन्न सफल एमाले अध्यक्ष केपी ओलीको यो अडानबाट प्रदेश प्रमुख नियुक्ति राजनीतिक विवादको अर्काे विषय बन्ने देखिन्छ । राष्ट्रियसभा निर्वाचन गर्न निर्वाचन आयोगले १५ दिनको म्याद दिएर दल दर्ताका लागि विहीबार आह्वान गरेको थियो ।

विशेष