प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी पनि सांसद
प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् ।
प्रमुख आयुक्त डा यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो । पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो ।
प्रमुख आयुक्त डा यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।