विचित्र विश्व

लौ आयो महिलालाई बलात्कारबाट बचाउने पेन्टी

लौ आयो महिलालाई बलात्कारबाट बचाउने पेन्टी

एजेन्सी । भारतको उत्तर प्रदेशकी एक युवतीले यस्तो कोशिस गरेकी छन्, जसबाट उनलाई आशा छ कि संसारभरका युवती बलात्कारबाट बच्न सक्नेछन् । सिनुले एउटा यस्तो पेन्टी तयार गरेकी छन् जसमा एक प्रकारको चावी लागेको हुनेछ, जसले महिलाहरुलाई बलात्कारबाट बचाउनेछ । सिनुले यसलाई ‘रेप प्रुफ पेन्टी’ नाम दिएकी छन् ।

यो पेन्टी बनाउनका लागि ‘ब्लेट प्रुफ’ कपडा प्रयोग गरिएको छ। यसमा एउटा स्मार्ट लक, एउटा जीपीआरएस र एउटा रेकर्डर पनि लगाइएको छ। १९ वर्षकी सिनु कुमारी उत्तर प्रदेशको फर्रुखावाद जिल्लाको एउटा निम्न मध्यम वर्गीय परिवारकी सदस्य हुन् । उनका पिता किसान हुन् । सिनुका अनुसार यसका लागि उनलाई केन्द्रीय बाल एवं विकास मन्त्री मेनका गान्धीबाट प्रशंसा पनि प्राप्त भएको छ। अब उनी यसको पेनेन्ट गराउने कोशिस गरिरहेकी छन् ।

बीबीसीसँग कुरा गर्दै सिनुले भनिन् कि यो पेन्टीलाई सजिलोसँग काट्न सकिने छैन र न त जलाउन नै सकिनेछ । साथै यसमा एउटा स्मार्ट लक हुनेछ, जुन केवल पासवर्डको आधारमा मात्र खुल्नेछ । सिनुका अनुसार यसमा एउटा बटन लागेको हुनेछ, जसलाई दबाउने बित्तिकै तत्काल एमरजेन्सी वा १०० नम्बरमा डायल हुनेछ । यसमा लागेको जीपीआरएसको सहयोगमा प्रहरीलाई घटनास्थलको लोकेशन प्राप्त हुनेछ र रेकर्डिङ सिस्टमबाट वरपर जे भइरहेको छ, त्यसको आवाज पनि रेकर्ड हुनेछ । किनभने प्रहरीका अलावा कसैले चाहे परिवारको कुनै सदस्यको नम्बर पनि सेट गर्न सक्नेछ ।

 यसबारे उनी भन्छिन्–यो सेटिङमा निर्भर रहनेछ कि एमरजेन्सीको अवस्थामा कसलाई फोन गर्ने हो । किनभने १०० र १०९० नम्बर सधै सुरक्षाका लागि हुनेछ र प्रहरी स्टेशन पनि सबै स्थानमा उपलव्ध छ, त्यसैले यो नम्बर सेट गरिएको हो । सिनुका अनुसार यो बनाउन करिब चार हजार रुपैयाँ लाग्नेछ, यसमा उनलाई परिवारको पूरा सहयोग प्राप्त भएको थियो। सिनुका अनुसार उनी स्वयमले अध्ययन गरेर यो पेन्टी तयार गरेकी हुन् । यसका साथै उनी केही प्रोजेक्टमा पनि काम गरिरहेकी छन् । सिनुका अनुसार उनले यसमा सस्तो मैटेरियलको प्रयोग गरिएको छ । यदि यसमा कपडा र लक उत्तम गुणस्तरको लगाउने हो भने यो अझ उत्कृष्ट बन्नेछ । तर त्यसो गर्दा खर्च केही बढ्न सक्दछ।

सिनुको इच्छा यो छ कि कुनै कम्पनी वा सरकारले उनलाई सहयोग गरोस् । तब यो थप परिस्कृत हहुनेछ । उनी भन्छिन्–अहिलेलाई यो एउटा मोडल हो र मेरो पहिलो सुरुवात हो । सिनु अहिले आफ्नो पिताको घरभन्दा टाढा आफ्ना भाइर बहिनीका साथ बस्छिन् । उनले भनिन्–दिनहुँ टेलिभिजनमा महिलामाथि छेडछाड र बलात्कारको खबर हेरेर मैले यसप्रकारको सोच बनाएकी हुँ ।

सिनुका अनुसार फर्रुखावादबाट भाजपा सांसद मुकेश राजपूतले केन्द्रीय मन्त्रालयलाई आधिकारिक रुपमा यस सम्बन्धमा पत्राचार गरेका छन् ।उनका अनुसार मेनका गान्धीले यो कोशिसका लागि उनको सराहना गरेकी छन् । यो पेन्टीमा पेटेन्टका लागि सिनुले आफ्नो आवेदन एनआइएफ ९नेशनल इनोभेशन फाउन्डेशन० इलाहावाद पठाएकी छन् । उनी भन्छिन् कि बजारमा आउनुअघि यसमा सुधार आवश्यक छ, यो महिलाले सधैं लगाउनु जरुरी छैन । उनका अनुसार–यो त्यतिबेला लगाइयोस जतिबेला महिला एक्लै हुन्छन्, वा कतै जाँदैछन् । जस्तो कि बुलेट प्रुफ ज्याकेट सधैं लगाइँदैन, यो पनि सधैं लगाउनु जरुरी छैन ।

भारतको ताजा तथ्याङ्कअनुसार राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार हरेक दिन ७९ जना महिला बलात्कृत हुने गर्दछन् । मध्यप्रदेशको अवस्था सधैभन्दा खराब छ। सन् २०१६ को तथ्याङ्कअनुसार भारतमा २८,९४७ जना महिलामाथि बलात्कार भएको थियो । जसमा सबैभन्दा बढी ४८८२ घटना मध्यप्रदेशमा देखिएको थियो । उत्तर प्रदेशमा ४८१६ र महाराष्ट्रमा ४१८९ जना महिला बलात्कृत भएका थिए ।

विशेष