राजनीति

प्रचण्ड र बाबुराम भेट, यस्तो भयो कुराकानी

प्रचण्ड र बाबुराम भेट, यस्तो भयो कुराकानी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईबीच आइतवार छलफल भएको छ ।

प्रचण्डलाई भेट्न भट्टराई पत्नी हिसिला यमीसहित प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरेपछि भट्टराई पहिलो पटक भेट्न गएका हुन् । भेटमा नयाँ सरकार गठन, आर्थिक विकास र समृद्धि, वाम एकता लगायतका विषयमा छलफल भएको छ । सो अबसरमा भट्टराईले राजनीतिक गतिरोध छिटो अन्त्य गर्न आग्रह गर्दै वाम एकतावारे चासो राखेका थिए ।

जवाफमा प्रचण्डले नयाँ सरकार गठनको गाँठो फुक्ने क्रममा रहेको भन्दै पार्टी एकताले केही समय लिने धारणा राखेका थिए । यसअघि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई छिटो सहमतिमा पुग्न आग्रह गरेका भट्टराईले त्यसकै निरन्तरता स्वरुप प्रचण्डलाई भेटेको यमीले जानकारी दिइन् ।

विशेष