वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
काठमाडौँ । नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेस्कले आज आयोजना गरेको काठमाडौँ जिल्ला वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँग अन्तक्र्रियामा उनले वाम गठबन्धनको सरकार बनेपछि कानूनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उनले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन र जलविद्युत्को विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उनले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युत्को विकासबाट गर्न सकिने आधार भएको बताए ।
madhav kumar nepal bam gathabandan