भिडियो स्ट्रेट फरवार्ड

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’ चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

‘ओली–देउवा सबैका नेता प्रचण्ड, मलाई पनि उनैसँग पोइला जाऊँ जाऊँ लाग्छ’  चर्चित सैनिक जनरलको सनसनीपूर्ण अभिव्यक्ति

आज जे जति परिवर्तन भएका छन्, ती सबै प्रचण्डका एजेण्डा हुन् । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समाबेशी समानुपातिक आदि उनकै मुद्धा हुन् । काँग्रेस, एमाले, राप्रपालाई घिसारेर लगेका हुन् । त्यसैले यी सबै दलका नेता प्रचण्ड हुन् । काँग्रेसले विपी, गणेशमानको फोटो झिकेर प्रचण्डको फोटो राखे हुन्छ । राप्रपाले राजाको फोटो फालेर उनैको फोटो हाले हुन्छ । एमालले प्रचण्डको ठूलो फोटो राखेर मदनको सानो फोटो उनको मुनी राख्दा हुन्छ ।

 

चर्चित सैनिक जनरल प्रेमसिंह बस्न्यात प्रचण्डको प्रसंशामा खर्चिएका शब्द हुन् । एक पटकको जनरल सधैँको जनरलको अर्थमा यो अभिव्यक्तिलाई लिने हो भने बस्न्यातको अभिव्यक्तिलाई नेपाली सेनाको मुडमा हेर्न सकिन्छ । नेपाली सेनाको जन्म भएसँगै बस्न्यात परिवार सेनामा थियो । प्रेमसिंह सो परिवारबाट सेनामा सहभागी हुने १२ औँ पुस्ते हुन् । बस्न्यातको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ ।

 

प्रेमसिंहले प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीको पनि नेता अर्थात सर्बश्रेष्ठ नेताका रुपमा अर्थाउछन् । भलै, उनी आफूलाई प्रचण्डको प्रशंसक र आलोचकका रुपमा अर्थाउछन् ।

चण्ड राजनीतिक मुद्धामा सफल भएपनि उनको व्यक्तित्व पण्डुलम रहेको र आर्थिक हिसावले अपारदर्शी रहेको बस्न्यातको टिप्पणी छ । माओवादी जनयुद्ध सफल भएपनि शान्ति प्रक्रियामा आएपछि माओवादी च्याँस्नीमा डुबेको झिँगाजस्तो भएको बस्न्यातको बिश्लेषण छ ।

 

प्रचण्डलाई आफूले आर्यघाट पुग्दासम्म बिर्सन नसक्ने भन्दै बस्न्यात भाबुक भए । हाइटीको शान्ति मिसनमा जाँदा बिरामी पर्दा आफूलाई सेनापति, फिल्ड कमाण्डरले वास्ता नगरेपनि प्रचण्डले फोन गरेर सोधपुछ गरेको सन्दर्भमा उनी भाबुक बने । व्यक्तिगतरुपमा प्रचण्डको व्यवहार पोइला जाउँ जाउँ लाग्ने खालको बस्न्यातको ठम्याइ छ । व्यक्तिगत स्वभाव र राजनीतिक हिसावले प्रचण्ड सफल भएपनि भ्रष्टाचार र पारदर्शीका सवालमा प्रचण्ड चुकेको बस्न्यातको भनाइ छ ।बाम गठबन्धन दीगो होस्

पूर्वजनरल बस्न्यात आफूलाई राजसंस्थाको वफादार सिपाहीका रुपमा चिनाउँछन् । तर, देशमा स्थायीत्व र समृद्धिका लागि बाम गठबन्धन टिक्नुपर्ने उनको भनाइ छ । प्रचण्ड र केपी ओलीको सम्बन्ध व्यक्तिगत कुरा नभएको भन्दै उनले यो गठबन्धन टिकाउ गराउन प्रचण्ड चनाखो हुनुपर्ने बताए ।

 

भ्रष्टाचारीलाई फासी

एक करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई फासीको सजाय हुनैपर्नेमा बस्न्यातले जोड दिए । भ्रष्टाचार गर्ने तर सेटिङ मिलाएर न्यायलयबाट उन्मुक्ति पाउने प्रवृत्ति हावी भएको भन्दै उनले फासीको व्यवश्था अनिवार्य रहेको जनाए । कर्मचारीतन्त्र भ्रष्टाचारीतन्त्र रहेको उनको भनाइ छ । कर्मचारीतन्त्रको पुर्नसंरचना नगरेसम्म देश बन्नैनसक्ने उनले ठोकुवा गरे ।

 

पूर्वमुख्यसचिव सोमलाल सुबेदीलाई पश्चिमाको एजेण्टको उपमा दिए . कर्मचारीतन्त्रमा तलदेखि माथिसम्मै एजेण्ट रहेको बस्न्यातको भनाइ छ । विजयकुमार गच्छेदारजस्ता उनकै शब्दमा खाओवादी नेताहरुको नाकमा युवा नेताहरुले औँला ठड्याउन ढिलाइ भइसकेको भन्दै बस्न्यातले रोष प्रकट गरे ।

 

सीमानामा पर्खाल

पूर्बजनरल बस्न्यातले नेपाल भारत सीमामा पर्खाल लगाउनैपर्ने जनाए । पर्खाल नलगाएसम्म देशमा अमनचयन र शान्तिसुरक्षा कायम नहुने उनको तर्क छ । राजा महेन्द्र केही बर्ष बाँचेको भए पर्खाल लगाइन्थ्यो भन्दै बस्न्यातले सो काम सम्पन्न गर्ने जिम्मेवारी बाम सरकारको काँधमा आएको जनाए ।

डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड शेरबहादुर देउवा केपी ओली प्रचण्डक

विशेष