विचित्र विश्व

बलात्कार रोक्न किशोरीको ढुङ्गा तताएर स्तन डामिने !

बलात्कार रोक्न किशोरीको  ढुङ्गा तताएर स्तन डामिने !

एजेन्सी । संसारमा यस्तो ठाँउ पनि छ जहाँका युवतीहरुले त्यो भन्दा पीडादायी क्षण भोगिरहेका छन् ।  

बलात्कार रोक्न के गर्नुपर्छ ?

यस्तो प्रश्न सोधियो भने एनजिओ, आइएनजिओले लामै प्रवचन दिन्छन् ।  तर यो ठाँउ जहाँ संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइन्छ । केहि अफ्रिकी जनजातिमा अझैं पनि यस्तो किसिमको परम्परा रहेको छ । यसलाई उनीहरुले प्रथाकै रुपमा विकास गरेका छन् ।  

आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर डामिदिन्छन् । किशोरी वा बच्चीको स्तनमा रापिलो ढुंगाले डाम्दा कति पीडा हुन्छ होला ? तर, त्यो पीडा उनीहरुले आफुलाई बलात्कारवाट बचाउन यस्तो पीडा भोग्नैपर्ने हुन्छ ।  

यी आदिवासीहरुमा के मान्यता रहेको छ भने छोरीको स्तन ठूलो भयो भने केटाहरुले हेर्छन् वा वलात्कार गर्न सक्छन् । केवल यसैको कारण उनीहरुलाई यस्तो सजाँय दिइन्छ । यस सजाँयले केटीहरुको स्तन पुरुषहरुको जस्तै सपाट हुन्छ ।

विशेष