राजनीति

बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

झापा । दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ । 

क्षेत्र नं ३ मा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उहाँहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुट्नुभएको छ । झापामा करिब रु तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको काँग्रेसका पूर्व महामन्त्री एवं यस क्षेत्रका उम्मेदवार सिटौला बताउनुहुन्छ । राप्रपाका महामन्त्री लिङ्देन आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “गठबन्धनका कारण म सहजै जित्छु ।” 

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै काँग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ । विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित हुनुभएको थियो । यसपटक सिटौलालाई पराजित गर्दै लिङ्देन बदला लिने सोचमा हुनुहुन्छ । सिटौला भने आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा हुनुहुन्छ । 

विशेष