राजनीति

यी हुन् उम्मेदवार भएर पनि आफैलाई भोट हाल्न नपाउने नेता

यी हुन् उम्मेदवार भएर पनि आफैलाई भोट हाल्न नपाउने नेता

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आफैंलाई मत हाल्न नपाउने भएका छन् ।

उनी झापा–५ का उम्मेदवार हुन् । तर ओलीको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधवकुमार नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर उनको मतदाता नामावली रौतहटमा छ ।

माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले पनि आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ–२बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१ तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै कार्की झापा–१बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् ।

राजपा अध्यक्ष मण्डका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । महतोको मतदाता सूची सर्लाही चन्द्रनगर–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैंलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।

नयाँ पत्रिका 

विशेष