अभिलेख

टेलिभिजनको पर्दामा ठूला कुरा गर्ने रवि रहेछन् अमेरिकी नागरिक, उनले धेरै अगाडि नै त्यागिसकेका रहेछन् नेपाली नागरिकता

टेलिभिजनको पर्दामा ठूला कुरा गर्ने रवि रहेछन् अमेरिकी नागरिक, उनले धेरै अगाडि नै त्यागिसकेका रहेछन् नेपाली नागरिकता

काठमाडौं । स्वतन्त्र र सार्वभौम राज्यहरुले सुरक्षा र संचारजस्ता संवेदनशील क्षेत्रमा अनागरिकलाई बिनाशर्त संलग्न गराउँदैनन् । तर हाम्रो मुलुकमा भने यस्ता कुरामा त्यति ध्यान जान दिने गरिएको छैन । निकै मानिसले मन पराएर हेर्ने न्युज ट्वान्टी फोरको जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने नेपाली नागरिक नहरहेको जानकारी प्राप्त भएको छ । रविले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको नेपाल बस्न गृहमन्त्रालयमा पेस गरिएका कागजातले प्रमाणित गरेका छन् । विदेशीले नेपाल प्रवेश गर्न वा यहाँ केही समय बस्न पर्यटक भिसा, नाता सम्बन्धको भिसा वा अध्ययनलगायत भिसा लिन सक्छन् ।

यसका लागि नेपाल सरकारलाई डलरमै निर्धारित शुल्कसमेत बुझाउनु पर्छ । रवि पनि यस्तै हैसियतमा नेपाल बसिरहेका छन् ।
उनले भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामछिानको भाइका रुपमा गैर पर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाल बस्न विदेशी नागरिकले भर्नुपर्ने फारममा रविले आफ्नो पासपोर्ट नम्बर ५१२९६६९८१ र देशको नाम उल्लेख गर्नु पर्ने कोष्ठमा अंग्रेजी अक्षरको युएस लेखेका छन् । साथै हश्चिन्द्र लामिछाने आफ्ना दाजु भएको नाता प्रमाणपत्र पनि राखेका छन् । नेपालीसँग बिहे गरेको विदेशी वा नेपालमा नाता सम्बन्धी भएकोले बस्ने चाहेमा सरकारले एक पटकमा बढीमा एक वर्षसम्मको स्वीकृति दिने गर्छ । यसै प्रावधानअन्तर्गत रविले पनि सन २०१८ सेप्टेम्बरसम्म नेपाल बस्ने अनुमति प्राप्त गरेका छन् ।

गैर पर्यटक नातासम्बन्धी भिसा दुई प्रकारका छन् । एउटा नेपाल आएर बसेपछि एक वर्षसम्म आफ्नो मुलुक जान नपाउने र अर्को विदेशी मुलुकमा नातासम्बन्धी भिसा लिएर बसे पनि आफनो देशमा ओहोरदोहोर गर्न पाउने । यसका लागि सरकाले दुई थरी शुल्क निर्धारण गरेको छ । एक वर्षसम्म नेपालमै बस्ने हो भने मासिक ५ का दरले जम्मा ६० डलर र आफनो मुललुकमा जाने आने सुविधा लिँदा जम्मा १२० डलर शुल्क लाग्छ । रविले १२० डलर तिरी मल्टिपल भिसा लिएका छन् । नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् । उनको यो गम्भीरता सक्कली नै हो भने के उनी विदेशी नबनी नेपालमै फर्कन तयार होलान ?

–जनआस्था साप्ताहिकबाट

विशेष