राजनीति

रवीन्द्र मिश्र र प्रकाशमान आमने सामने, के कुरा भयो त्यस्तो ?

रवीन्द्र मिश्र र प्रकाशमान आमने सामने, के कुरा भयो त्यस्तो ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिहंले मतदानपछि खुशी साटासाट गरेका छन् ।

सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसीपाटीको रत्नज्योती महिला परिवारबाट मतदान गरेपछि बबरमहलमाखुशी साटासाट गरेका हुन् ।

मतदानपछि मिश्र र सिंहले के भने ?
मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सिंहले पत्रकारले मिश्रलाई चर्चामा ल्याए पनि ग्राउण्डको हिरो आफू भएको बताए ।
त्यस्तैगरी मिश्रले प्रतिद्धन्दी सिंहलाई जवाफ दिँदै स्वघोसित रुपमा कोही पनि ’हिरो’ नहुने टिप्पणी गरे । ’स्वघोसित रुपमा कोही पनि हिरो हुँदैन आत्म विश्वास हुनु एउटा कुरा हो, ’मिश्रले भने, ’आफूले आफैंलाई हिरो भन्नु अर्को कुरा हो । नतिजा आएपछि जनताले जसलाई हिरो बनाउँछन् त्यो नै बास्तविक हिरो हुन्छ ।’

विशेष