राजनीति

गगन थापाको क्षेत्रको मतगणना सुरु

गगन थापाको क्षेत्रको मतगणना सुरु


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर चारको मतगणना सुरू भएको छ। क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा र वा गठबन्धनका राजन भट्टराई प्रतिश्पर्धामा छन्। यसअघि नै मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंका क्षेत्र नम्बर १, ५ र ६ को मतगणना सुरु भएको थियो।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका डा। प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् । यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

विशेष