राजनीति

पम्फा भुसाललाई पछि पार्दै अमात्यले लिए अग्रता

पम्फा भुसाललाई पछि पार्दै अमात्यले लिए अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य ६२४३ मतका साथ अगाडि छन् ।

माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै, ललितपुर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता फराकिलो पार्दै लगेका छन् । महर्जनले ९५३२ मत प्राप्त गरेर अग्रता लिइरहदा कांग्रेसका निवर्तमान सांसद चन्द्र महर्जन ६१७० मतका साथ दोस्रो स्थानमा छन् ।

विवेकशील साझा पार्टीका अमिर महर्जनले ९२४ मत पाएका छन् । ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना शुरु भइसकेको छैन । क्षेत्र नम्बर तीनको मतगणना केहीबेरमा सुरु हुने छ । सो क्षेत्रमा कांग्रेसबाट अर्थराज्यमन्त्री उदयशमसेर जबरा र एमालेबाट पूर्व डिआइजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् ।

विशेष