राजनीति

के हुँदैछ देउवाको गृह जिल्लामा ?

के हुँदैछ देउवाको गृह जिल्लामा ?

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सबै मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु-याइएको छ । 

अब सर्वदलीय बैठक बसी कति बजे मतगणना शुरु गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतले जनाएको छ । जिल्लाको भित्रीमधेशका ३८ केन्द्रका मतपेटिकामा अज्ञात समूहले गराएको बम विस्फोटनका कारण पु¥याउन ढिलाइ भएको थियो । बाँकी मतपेटिका जिल्ला पु-याइसकिएको र सर्वदलीय निणर्यअनुसार मतगणना गरिने मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी गराउनुभयो । 

आज बिहान कडा सुरक्षाबीचमा मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने क्रममा जोगबुढा र आलितालमा गरी दुई ठाउँमा बम विस्फोटन भएको थियो । भित्रीमधेशका आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका मतपेटिका ल्याउन ढिलाइ भएका कारण मतगणना चाँडो हुन नसकेको बताइएको छ । डडेल्धुरामा एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेश छन् । जिल्लामा ११७ मतदान केन्द्र छन् । 

विशेष