राजनीति

पहिलो चरणको निर्वाचन भएको ३७ स्नानमा भएको मतपरिणाममा एक स्थानमा मात्र कांग्रेस अगाडि

पहिलो चरणको निर्वाचन भएको ३७ स्नानमा भएको मतपरिणाममा एक स्थानमा मात्र कांग्रेस अगाडि

रसुवा । पहिलो चरणमा निर्वाचन भएका ३७ स्थानमध्ये रसुवा जिल्लामा मात्र काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्।

रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन् । उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्‌याइरहेका छन्। प्रदेशतर्फ क मा लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतको स्थितिमा छन्।

वाम गठबन्धन तीन स्थानमा विजयी

पछिल्लो परिणामअनुसार मनाङ, मुस्ताङ र पूर्वी रुकुममा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मनाङ, मुस्ताङमा एमाले उम्मेदवार विजयी भएका छन् भने पूर्वी रुकुममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

प्रदेश सभातर्फ मनाङ ख मा चिन्तबहादुर घले विजयी भएका छन्। प्रतिनिधि सभातर्फ अन्य ३३ स्थानमा पनि बाम गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिइरहेका छन्।

विशेष