कृष्ण सिटौला राप्रपाका लिङ्देनसँग हार्ने भए
काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्ण सिटौलाको लज्जास्पद हार हुने संकेत देखा परेको छ । सिटौलाले अहिलेसम्म ९ हजार ४४१ मत प्राप्त गरेका छन् ।
उनलाई चुनौती दिँदै राप्रपाका राजेन्द्र लिंङदेनले १३ हजार ६० मत प्राप्त गरेका छन् ।
राजेन्द्र लिंदेनले सिटौलासँग ३ हजार ६१९ मतको मतान्तर कायम गरेका छन् । यो मतान्तर हटाएर अगाडि बढ्नु सिटौलाका लागि फलामको च्यूरा सरह हुनेछ ।