राजनीति

मोरङ जस्तो कांग्रेसको गढ बन्यो वाम गठबन्धनको किल्ला

मोरङ जस्तो कांग्रेसको गढ बन्यो वाम गठबन्धनको किल्ला

काठमाडौं । मोरङमा छ वटा निर्वाचन क्षेत्र छन् । ती छ वटा मध्ये क्षेत्र नम्बर २ बाट मात्रै नेपाली कांग्रेसले इज्जत राख्ने सम्भावना देखिएको छ। यो क्षेत्रमा मिनेन्द्र रिजाल अहिले २७८६४ मतका साथ अगाडि छन् ।उनलाई एमालेका ऋषिकेश पोख्रेलले २६२४० मतका साथ पछ्याइरहेका छन् । अब मत गणना गर्न धेरै बाँकी छैन ।
क्षेत्र नम्बर १ एमालेका घनश्याम खतिवडाले कांग्रेसका डिकबहादुर लिम्बुलाई जितेका छन् । क्षेत्र नम्बर ३ मा मेडिकल व्यापारी तथा कांग्रेसका सुनील शर्मालाई एमालेका भानुभक्त ढकालले जितेका छन् । क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी २३ हजार २५८ मतका साथ अगाडि छन् । उनलाई पटक पटक मन्त्री भइसकेका कांग्रेसका महेश आचार्यले २० हजार ३४४ मतका साथ पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डलले १५ हजार ७७७ मतले कांग्रेसका अमृत अर्याल (१३४४५) लाई पछाडि पारिरहेका छन

क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला हारेका छन् । लालबाबु पण्डीलते ३३९४१ मत ल्याएर जितेका छन् । शेखरले ३३२६६ मत ल्याए ।

विशेष