राजनीति

‘नाकाबन्दी अझै कडा बनाउनु पर्छ’ भन्दा थपडी बजाउने दमननाथ ढुंगानाको स्थिति दयनीय

‘नाकाबन्दी अझै कडा बनाउनु पर्छ’ भन्दा थपडी बजाउने दमननाथ ढुंगानाको स्थिति दयनीय

काठमाडौं । नाकाबन्दीलाई अझै कडा बनाउनु पर्छ भन्दा थपडी बजाउने दमननाथ ढुंगाना भक्तपुर – २ मा कमजोर देखिएका छन् । उनी वाम गठबन्धनबाट उठेका नेकपा एमालेका महेश बस्नेत भन्दा झन्डा आधा मै छन् । महेश बस्नेको मत १४ हजार ५५६ छ भने दमननाथको मत ७४८८ रहेको छ।
नेपाली कांग्रेसले सुशासन, राष्ट्रियताको पक्षमा खरो वकालत गर्ने, नाकाबन्दीको चर्को विरोध गर्ने धनराज गुरुङ जस्ता नेतालाई टिकट नदिएर दमननाथ जस्ता शंकास्पद व्यक्तिलाई टिकट दिएको थियो ।
टिकट पाउनु अघि दमननाथ संविधान सभा निर्वाचनको विरोधी र कांग्रेसको साधारण सदस्य समेत नरहेको बताउने गर्थे ।

विशेष