राजनीति

सामानुपातिकबाट सांसद बने जस्तो सजिलो नहुने भो आरजुलाई

सामानुपातिकबाट सांसद बने जस्तो सजिलो नहुने भो आरजुलाई

काठमाडौं । संविधासभामा दुवै पटक समानुपातिक कोटाबाट सांसद बनेकी आरजु राणालाई यसपटक सजिलो नहुने भएको छ । कुनै बेला कांग्रेसका प्रभावशाली नेता त पछि सभापतिकै श्रीमती भएको कारण समानुपातिकमा अवसर पाइरहने आरजुलाई यसपटक सकस पर्ने सम्भावना बढेको छ ।
आरजुलाई वाम गठबन्धनका तर्फबाट एमालेका नारदमुनी रानाले उछिनेका छन् ।नारदको पछिल्लो मत ९ हजार ९ सय ७४ छ भने आरजुको ८ हजार ८२९ रहेको छ । अर्थात आरजु नारदमुनीभन्दा ११४५ मतले पछाडि परेकी छन् ।
यो ग्याप पुर्न अब आरजुलाई सजिलो छैन ।

विशेष