बाबुराम भट्टराई जीत नजिक, नारायणकाजी नराम्ररी पछारिए
गोरखा । गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन् । हालसम्म ५२ हजार ५ सय ६५ मत गणना भएकोमा भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् ।
भट्टराईका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् । अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । डा. भट्टराईले ४९ सय मतको अग्रता लिएकाले उनी जित नजिक पुगेका हुन् ।