केपी ओली, शेरबहादुर, प्रचण्ड, बाबुराम र उपेन्द्रको जित निश्चित
काठमाडौं । यसपटकको निर्वाचनमा पाँच पार्टीका पाँच अध्यक्षको जित निश्चित जस्तै भएको छ । झापा क्षेत्र नम्बर ५ मा केपी ओली कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा सात हजार मतले अगाडि छन् । केपी ओली अहिले १२६८८ मतमा छन् भने खगेन्द्र ५४७५ मतमा छन् ।
त्यस्तै गरी सप्तरी २ मा उपेन्द्र यादव ११९६३ मतले अगाडि छन् भने उनलाई माओवादीका उमेशकुमार यादवले ७०२० मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच पाँच हजार मतको अन्तर छ ।
त्यस्तै गरी चितनव ३ मा एक हजारमतले प्रचण्डले विक्रम पाण्डेलाई लिड गरिरहेका छन् । प्रचण्डको अहिलेको मत २३८८ छ भने पाण्डेको १३८६ छ ।
उता गोरखा २ मा बाबुराम भट्टराइको आँखाले २०८९७ मत पाइसकेको छ भने माओवादीका नारायणकाजी श्रेष्ठले १७८२९ मत पाएका छन् ।
डडेल्धुरा १ मा शेरबहादुर देउवाले ६०८६ मत पाएका छन् भने माओवादीका खगराज भट्टले ३०९५ मत पाएका छन् ।