अपराधी सञ्जय टक्लाको आशिर्वादले काम गरेन निधिलाई, महतो अगाडि नै
काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ बाट विजयी हुन नेपाली कांग्रेसका विमलेन्द्र निधिले केही कसर बाँकी राखेका थिएनन् । उनले जेलमा रहेका सञ्जय टक्लालाई समेत जेल सार्ने प्रबन्ध मिलाए । हत्याको आरोपमा जेल परेका सञ्जयको आशिर्वाद र समर्थनका साथ चुनावै मैदानमा गएका निधिका लागि कुनै फलिफाप भएन ।
उल्टो कुनै सञ्जको असहयोगका वावजुद राजपा नेपालका राजेन्द्र महतोले मतदान आफ्नो पक्षमा पार्दै गइरहेका छन् । अहिलेसम्मको अवस्थामा राजेन्द्र महतोको प्राप्त मत १३१८८ छ भने विमलेन्द्र निधिको ११०७८ रहेको छ ।