राजनीति

मिश्रा थरकी महिलासँग चारवटै मोबाइल बन्द गरेर किन बसे उपेन्द्र यादव तीन घण्टासम्म ?

मिश्रा थरकी महिलासँग चारवटै मोबाइल बन्द गरेर किन बसे उपेन्द्र यादव तीन घण्टासम्म ?

माघ १९ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो ।

मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्रको उपस्थिति थियो । तर १५ गते आएनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, मलाई ल्होछारको कार्यक्रममा जानु छ बोल्ने पालो आयो भन्दै १० मिनेटमै हिँडे । मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, तउहाँ बैठकमा रहनुहुन्छ ।’

तर, ३ घण्टा बित्दासमेत उपेन्द्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुशार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यका साथ २३ गते दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थिति मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनललाई खटाए । जितेन्द्र क्यामेराका अगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ए जितेन्द्र , पर्खनुहोस उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ? महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाई भयो ।

मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । राजेन्द्र श्रेष्ठलाई फोन गर्दा उपेन्द्रलाई फोन गरेर सोध्नुहोस भन्दै टकटकिए । यो बीचमा उपेन्द्रकै पार्टीका नेता राम सहायलाई फोन पुग्यो । उनी बारा पुगेका रहेछन् । थाहा छैन भने । बीचमा लालबाबु राउतसँग सोधनी भयो । आफू पर्सामा रहेको बताए । ड्राइभर रामानन्दलाई फोन पुग्यो उनी रहेछन बिदामा । पिएसओसँग सोधियो । अनिभिज्ञता प्रकट गरे । करिब एक घण्टासम्म शरसिंह भण्डारीदेखि जितेन्द्र, मनिष सुमन, महेन्द्र राय, केशव झा सबैले फोन घुमाए । यही बीचमा जितेन्द्रले रेखा यादवलाई फोन लगाए, त्यहाँबाट पनि केही पत्तो लागेन ।

बीचमा राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एक महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नुछ, तपाईसँगै हुनुहोला एक पटक जसरी पनि भेट्टाइदिनुहोला जरुरी काम छ ।’ उताबाट सञ्जयलाई फोन आयो ‘१० मिनेटपछि फोन गर्नुहोस, मोबाइल स्वीच अन हुन्छ । ’ नभन्दै १० मिनेटपछि भण्डारीका पार्टीका केशव झाले फोन गर्दा यादवको फोन अन थियो । –जनआस्था साप्ताहिकबाट

विशेष