राजनीति

दलित महिला सांसदसँगको विषयमा गलफत्ती हुँदा सिपी मैनालीको दुवै हातमा चोट

दलित महिला सांसदसँगको विषयमा गलफत्ती हुँदा सिपी मैनालीको दुवै हातमा चोट

माघ १९ । कतै तपाईले नेकपा मालेका सिपी मैनालीलाई बाटोमा भेट्नु भयो भने सोध्नुहोला दुवै हातमा चोट कसरी ? जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्यो...।’ तर, कुरा किन नपत्याउनुस भने उनको घरमा पालेको कुकुरले उनलाई छोएको पनि छैन ।

उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले चितवन सौराहाकी पार्वती कुमाललाई सांसदमात्रै बनाएनन्, श्रीमानसँग भेटघाट नहुने गरी आफैसँग राखे । उनी मन्त्री छँदा धेरै पल्ट पत्नी भेट्न पुल्चोक स्थित मन्त्री क्वार्टर छिर्न खोज्दा मुलगेटमा सुरक्षाकर्मीबाट घिसार्दै निकालिने गरेका पावर्तीका पतिले अन्ततः दुई साता अघि चितवनमा आत्महत्या गरेका छन् ।

संजोगले पार्टीबाट डा. बाबुराम भट्टराइको सरकारमा श्रममन्त्री भएर पछि गलहत्याइएका कुमार बेलबासे यसै साता कोटेश्वरको एउटा घेराबन्दीमा परे । कुनै सामान्य रेष्टुराँमा मदिरा पिउँदा पिउँदै त्यहीकी वेट्रेससँग लहसिन खोज्दा वरिपरिका मान्छेहरु मिलेर धक्का मुक्का बर्साए । अहिले बेलबासे उठ्न नसक्ने भएर कोठामा थन्किएर बसेका छन् ।

माले महासचिव सिपीको दुवै हातमा चोट लाग्नुपछाडिका कारक डम्बर र कुमार हैनन् तर उनको पारिवारिक स्रोतका अनुशार कुरा झन्डैझन्डै त्यस्तै हो । एक जना दलित समुदायकी सांसदसँग निकटताको कुरालाई लिएर चलेको गलफत्तिमा सिपीको हातले सास्ती खेप्नु परेको बताइन्छ । उनको घरमा कुकुर त छ तर त्यसले हत्तपत्त मान्छेलाई झम्टी हाल्दैन । तर सिपीमाथि घरबाहिरका कोही मान्छेबाट भने आक्रमण भएको होइन । –जनआस्था साप्ताहिकबाट

विशेष