विचित्र विश्व

विमानमा सिट बुक गराएर बाजलाई यसरी घुमाए साउदी राजकुमारले

विमानमा सिट बुक गराएर बाजलाई यसरी घुमाए साउदी राजकुमारले

बाजहरुले भरिएको एतिहाड एयरलाइन्सको एक विमानको फोटो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल बनेको छ । साउदी अरबका एक राजकुमारले ८० ओटा बाज विमानको सिटमा राखेर यात्रा गरेको खुल्न आएको छ ।

‘मेरो क्याप्टेन साथीले यो फोटो मलाई पठाएका हुन,’ एक रेडिट प्रयोगकर्ताले बाजहरुले भरिएको विमानको फोटो राखेर लेखेका छन् ।

साउदी अरब, कुवेत, कतारजस्ता देशमा बाज पाल्नु सामान्य कुरा हो । त्यसैले सो क्षेत्रका एयरलाइन्सहरुले विमानमा बाज साथमा लिएर यात्रा गर्न अनुमति दिन्छन् ।

तर बढीमा ६ ओटा मात्रै बाज लिएर यात्रा गर्न पाइने प्रावधान रहेको छ । वास्तवमा ती व्यक्तिले बाजका लागि पनि सिट बुक गराएका थिए ।

Saudi Prince

विशेष