राजनीति

२५ राजनीतिक दलद्वारा विवरण पेस

२५ राजनीतिक दलद्वारा विवरण पेस
माघ - १९  । निर्वाचनमा सहभागी हुन कञ्चनपुरका २५ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा विवरण पेस गरेका छन् । जिल्लामा क्रियाशील सबै राजनीतिक दललाई यही १७ गतेसम्म विवरण पेस गर्न निर्वाचन कार्यालयले समय सीमा निर्धारण गरेको थियो । निर्धारित समयमा २५ राजनीतिक दलले विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकृत केशवसिंह भण्डारीले बताए। उनका अनुसार विवरण बुझाउनेमा छ नयाँ र १९ पार्टी पुराना रहेका छन । केन्द्रमा दर्ता भएर पहिलोपटक विवरण पेस गर्ने राजनीतिक पार्टीमा नेपाल पूर्व राष्ट्रसेवक पार्टी, लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी, विवेकशील नेपाली दल, राष्ट्रिय यथार्थवादी पार्टी र जनजागरण पार्टी रहेका छन् । विवरण बुझाउनेमा मुख्य राजनीतिक पार्टीमध्येका नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी (माले), अखण्ड सुदूरपश्चिम नेपालसहितका १९ पार्टीले विवरण बुझाएका छन् । यसैगरी, जिल्ला निर्वाचन कार्यालयले वर्तमान संवैधानिक व्यवस्थाअनुसार निकट भविष्यमा हुनसक्ने निर्वाचनका लागि यहाँस्थित सरकारी कार्यालयबाट कर्मचारीको विवरण सङ्कलनको कार्यसमेत सुरु गरेको छ । 'जिल्लामा कार्यरत स्थायी निजामती कर्मचारी, सार्वजनिक संस्थानमा कार्यरत स्थायी कर्मचारी र स्थायी शिक्षकको विवरणको नामावली तीन दिनभित्र आइपुग्ने गरी कार्यालयलाई पत्राचार गरेका छौँ' जिल्ला निर्वाचन अधिकृत भण्डारीले भने ।

nirbachan aayog

विशेष