राजनीति

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमालेमा प्रवेश

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमालेमा प्रवेश
माघ - १९  । अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष पुष्प भण्डारी बुधबार नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन्। वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापकसमेत रहेका नेता भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको बताइन् ।

Rupa Bhandari

विशेष