राजनीति

प्रधानमन्त्रीलाई लौ भिड्न आउनुस् भन्न मिल्दैन, आफैँ सम्हालिँदा राम्रो हुन्छ - अध्यक्ष ओली

प्रधानमन्त्रीलाई लौ भिड्न आउनुस् भन्न मिल्दैन, आफैँ सम्हालिँदा राम्रो हुन्छ - अध्यक्ष ओली

माघ - १९ । नेकपा एमालले मेची–महाकाली राष्ट्रिय सम्मेलन सञ्चालन गर्ने भएको छ । मेची–महाकाली अभियान आगामीे शहीद दिवसको दिनदेखि काँकडभित्ताबाट सञ्चालन गर्ने निर्णय गरेका बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारसम्मलेन गरी जानकारी दिएको हो । सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष के.पी ओलीले सरकारको व्यवहार प्रति टिप्पणी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले वाईसीयललाई प्रतिकारमा उत्रिन निर्देशन दिएको उल्लेख गर्दै भने, ‘उहाँले त वाईसीयललाई भिड्न तयार हुन भन्नुभयो, मैले प्रधानमन्त्रीलाई लौ भिड्न आउनुस् भन्न मिल्दैन । आफैँ सम्हालिँदा राम्रो हुन्छ ।’ त्यस्तै उनले पढेलेखेका भनिएका बौद्धिक व्यक्तिहरु नै देश नोक्सानमा लागेका भन्दै व्यंग्य गर्दै भने, ‘मुसाले कपडा काट्छ । यदी कपडा काट्न पाएन भने उसका दाँत लामा हुन्छन् । दाँतमा धार लगाउन पनि कपडा काटिरहनु पर्छ । तर मुसाले फाटेको कपडा काट्दैन उल्टै नयाँ काटिदिन्छ ।’ उनले देशलाई बचाउन एमाले आफ्नो पञ्चशीलताकोआधारमा चलेको बताउँदै भने, ‘आँखाबाट आँसु झार्न आँखामै घोच्न पर्दैन, ज्यानमा घोचेपनि आँसु झर्छ । त्यसैले एमाललेलाई चिमोटे देशलाई दुख्छ र यो कुरा सबैलाई थाहा छ ।’ ‘प्रधानमन्त्रीलाई भोट हाल्ने कार्यकारी दलहरुले तराईमा एमालेलाई कार्यक्रम गराउन नदिने निर्णयले फाँसीवादको नाँगो स्वरुप देखाएको छ ।’ एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘यो अभियानमा पार्टीका कुनै पनि सदस्य निश्क्रिय हुने छैनन्, त्यस्ता काम नलाग्नेहरु पार्टीलाई बोझ मात्र हुनेछ,’ उनले भने । अभियानमा साँस्कृतिक कार्यक्रम, शहीद, आन्दोलनमा घाइते भएकाहरुलाई सम्मान गरिने र अभियानको समयमा परिने श्रमिक दिवस तथा होली पनि मनाइने ज्ञवालीले बताएका छन् । तराई–मधेसका देशभक्त जनताको साथ–समर्थनमा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ गर्न, त्यहाँ सिर्जना गर्न खोजिएको भ्रमलाई चिर्न, पार्टीको पक्षमा रहेको जनमतलाई प्रभावकारी रुपमा परिचालित गर्न तथा पार्टीको जनाधारलाई थप सुदृढ गर्न आगामी फागुन २१ गते शहीद दिवसको दिनबाट ‘मेची–महाकाली अभियान’ सञ्चानल गर्ने निर्णय एमालेले गरेको उक्त कार्यक्रम जानकारी दिएको थियो । १५ दिने उक्त जन¥याली र जनसभाहरुको शृङखलाको रुपमा आयोजना गरिने ‘मेची–महाकाली राष्ट्रिय अभियान’ चैतको ५ गते सुर्खेतमा गएर समापन हुनेछ ।
[nepalaja_video type="youtube" id="59Xrj4QkuHA" width="700px"]

KP Sharma Oli

विशेष