भारतको अनावश्यक चासोले आन्तरिक राजनीतिमा समस्या : श्रेष्ठ

माघ–१९ । भारतले नेपालको आन्तरिक राजनीतिक समस्यामा चासो देखाएका कारण संविधान संशोधन अझ जटिल बनेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
भारतले नेपालको राजनीतिक समस्यामा अनावश्यक चासो देखाएको आरोप पनि उनले लगाएका छन् । भारतले यदि अनाश्वयक चासो नदेखाउने हो भने नेपालको समस्या सहजै समाधान हुने र आउँदो जेठमा माओवादीले कांग्रेसलाई नेतृत्व हस्तान्त्रण समेत गर्ने बताए ।
वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा स्थानिय तहको चुनाव हुनेछ । त्यस लगत्तै माओवादीले कांग्रेसलाई नेतृत्व दिने उनले बताएका हुन् । तर नयाँ छलफलबाट निस्केको निश्कर्षबाट देशले निकास पाउने अवस्थामा ओलीलाइ पनि प्रधानमन्त्री बनाउन समेत माओवादी तयार रहेको नेता श्रेष्ठले बताए ।
आन्तरिक राजनीति
नारायणकाजी श्रेष्ठ
संविधान संशोधन