विचित्र विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पका अफ्रिकन भाइको तस्बिर सामाजिक सञ्जालमा भाइरल

अमेरिकी राष्ट्रपति ट्रम्पका अफ्रिकन भाइको तस्बिर सामाजिक सञ्जालमा भाइरल
माघ - १९ । यतीबेला इन्टरनेटमा अमेरिका राष्ट्रपति डोनाल्ड टम्प जस्तै देखिने एकजना अफ्रिकन व्यक्तिको तस्बिर भाइरल भएका छन् । उनले आफू राष्ट्रपति ट्रम्पको अफ्रिकन भाइ भएको दाबी गरेका छन् । गत विहीबारदेखि सामाजिक सञ्जाल तथा इन्टरनेटमा भाइरल भएका यी केन्याली नागरिकको अमेरिकी राष्ट्रपति ट्रम्पको जस्तै हेयर स्टाइल रहेको छ । उनी आफूलाई ट्रम्पको भाइ भएको विश्वाससमेत गर्दछन् । यो तस्बिर अमेरिकन हास्य कलाकार रिक्की स्माइलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पोस्ट गरेपछि भाइरल बनेको हो । जनावरीको पहिलो हप्तातिर फेसबुकमा पोस्ट गरेपछि सामाजिक सञ्जाल युजर यसमाथि व्यापक कमेटका साथै फोटो शेयर गरको थिए । इन्टरनेट युजरले उनको नाम मलवीका न्यीरोन्गो ट्रम्प राखिदिएका छन् भने केही युजरले उनी ट्रम्पको केन्याली भाइ भएको दाबी गरेका छन् । धेरै व्यक्तिले उनी ट्रम्प जस्तै देखिएको बताएका छन् । तर यो तस्बिर फोटोसपबाट बनाइएको बताइन्छ । यो तस्बिर केन्याका राष्ट्रपति अकुफो अड्डो भएको अनुमान गरिन्छ । जुन अवस्थामा ट्रम्पका भाइ भनिने व्यक्ति बसिरहेका छन् त्यस्तै अवस्थामा अकुफो अड्डो कलाकरा कोफी अडुले दिएको एक पार्टीको तस्बिरमा देखिएका थिए । राष्ट्रपति अड्डोलाई उनका केही समर्थकले नाना ट्रम्प भनी सम्बेधन गर्ने गर्दथे । किनकि उनी धेरै समयसम्म ट्रम्पको चुनावी प्रचारमा सहभागि भए । त्यसैले उक्त फोटोलाई फोटोसप गरे उनकै कुनै सहयोगीले इन्टरनेटमा हालिदिएको हुन सक्ने बताइन्छ ।

Donald Trump's Brother Nyirongo Trump

विशेष