कांग्रेसका शीर्ष नेताहरूको बैठकमा के भयो ?
माघ २० । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा संविधान संशोधन र स्थानीय निकायको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकमा संविधानप्रति सुरुदेखि असन्तुष्टि जनाइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनावमा जान नसक्ने भनिरहेका सन्दर्भमा कांग्रेस कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको महामन्त्री डा। शशांक कोइरालाले जानकारी दिए ।
‘कांग्रेस र माओवादीले संविधान संशोधनसँगै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन पनि गराउने भनेका छन्, तर अब एमाले र मधेसी मोर्चालाई सँगै लिएर जानुपर्छ’–उनले भने ।
स्ववियु निर्वाचनमा उम्मेदवारको उमेरको हदबन्दीबारे कांग्रेसको बिहीबारको बैठकमा निर्णय हुनेगरी छलफल हुनेछ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। कोइराला, नेता प्रकाशमान सिंह र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलगायतको सहभागिता थियो ।