रोजगार

प्रहरीले माग्यो एकै चोटी २ हजार ६ सय ७८ प्रहरी जवान

प्रहरीले माग्यो एकै चोटी २ हजार ६ सय ७८ प्रहरी जवान

माघ २० । नेपाल प्रहरीले दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो ।

फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ । एक सय रुपैया दरखास्त दस्तुर पनि तोकेको छ  प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ । खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ ।

त्यस्तै प्राविधिकतर्फ एक हजार ३३ जनशक्ति माग गरेको छ । आवेदन फाराम काठमाडौं, झक्तपुर र ललितपुर प्रहरी परिसरँगै पूर्वी क्षेत्रीय तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रीय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तालिम केन्द्र नेपालगन्ज, सूदुरपश्चिम क्षेत्री तालिम केन्द्र दिपालयमा पाइनेछ ।

विज्ञापन यो लिंकमा हेर्न सक्नुहुने छ । 

Nepal-Police_Constable_Vacency_-2073-10_20

Technical_Nepal-Police_Constable_Vacency_-2073-10_20

Nepal Police Vancany Vacancy

विशेष