राजनीति

निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्रीले कानुनविद्लाई बालुवाटार बोलाए

निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्रीले कानुनविद्लाई बालुवाटार बोलाए

माघ २० । निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरिरहेका छन् ।

कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको वालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री दाहालले निर्वाचनको मिति र संविधान संशोधन विधेयकमा राय माग्न लागेका हुन् ।

आज बस्ने मन्त्रीपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानमन्त्रीले त्यसको कानुनी बाटो बारे छलफल थालेका हुन् । छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, शहरी बिकास मन्त्री अर्जुनरसिंह केसी पनि सहभागी छन् ।

यसअघि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री महतसँग बिभिन्न मुलुकमा राजदूत नियुक्तीमा भईरहेको ढिलाईबारे छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले आजै बिहान अर्थ सचिव शान्तराम सुवेदी र गर्भनर चिरञ्जीवी नेपालसँग समेत पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेका थिए ।

Nibarchan pm dahal

विशेष