विचित्र विश्व

पाल्तु सर्प महिलाको कानको प्वालमा फस्यो

पाल्तु सर्प महिलाको कानको प्वालमा फस्यो

माघ २० । अमेरिकाको ओरिगन राज्यकी एक महिलाको कानको प्वालमा सर्प फसेको छ ।

ओरिगनकी ऐशली ग्लाईको कानको प्वालमा उनले पालेको सर्प फसेको हो । कानको प्वालबाट निस्कने प्रयास गरेको सर्प त्यहीँ फसेको हो । ग्लाईले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिरमा उनको कानको प्वालमा सर्प झण्डिएको देखिन्छ ।

उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन् ‘मेरो जीवनको अहिलेसम्मकै सबै भन्दा बढी पागलपनले भरिएको समय । मेरो सर्प कानको प्वालमा फस्यो र यसलाई निकाल्नका लागि अस्पतालको आस्मिक कक्षमा जानु पर्यो ।’

हातमा सर्प खेलाइ रहेका बेला आफ्नो कानको प्वालमा पसेको ग्लाईले बताइन् । अहिले सर्प ठीक रहेको र त्यसलाई निकाल्न कान पनि चिर्नु नपरेको उनको भनाई छ ।

snake

विशेष