एमालेको खोक्रो राष्ट्रवादले मुलुकले निकास नपाएको देउवाको दाबी
माघ २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोक्रो राष्ट्रवादले मुलुकको हित नहुने प्रष्ट पारेका छन् ।
प्रजातान्त्रिक बिचार समाजद्धारा प्रकाशित चिन्तन पुस्तकको आज राजधानीमा बिमोचन गर्दै उनले एमालेको खोक्रो राष्ट्रवादका कारण मुलुकले निकास पाउन नसकेको दावी गरेका छन् ।
नेपाली कांग्रेस ठुलो र प्रजातान्त्रिक पार्टी भएकाले अन्य दलालाई पनि प्रजातान्त्रिक चरित्रको धारमा ल्याउनु कांग्रेसकै जिम्मेवारी भएको भन्दै देउवाले मधेसी जनताको भावनालाई समय सापेक्ष संविधानमा परिमार्जन आवश्यक रहेको बताए ।
निर्वाचन गर्नुको बिकल्प दलहरुसंग नभएको भन्दै उनले सहमतिमा निर्वाचनको मिति घोषणा गर्न ढीलाई गर्न नहुने बताए ।
Nepali Politics Sher Bahadur Deuba