राजनीति

अनेरास्ववियुले सुरु गर्यो प्रत्येक क्याम्पसमा झण्डा राख्ने अभियान

अनेरास्ववियुले सुरु गर्यो प्रत्येक क्याम्पसमा झण्डा राख्ने अभियान

माघ २० । नेकपा एमाले बिद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रियताको पक्षमा रहेको जानकारी दिदै नेपालको झण्डा हरेक क्याम्पसमा राख्ने अभियान चलाएको छ ।

यस अन्तर्गत आज कोटेश्वर बहुमुखी क्याम्पसमा पनि नेपाली झण्डा राखिएको छ । क्याम्पसका बिद्यार्थी र अनेरास्वबियु केंद्रीय कमिटि निर्बाचन आयोगका अध्यक्ष तुलसी मैनालीको उपस्थितिमा झण्डा राखिएको हो ।

अनेरास्ववियु कोटेश्वर बहुमुखी कमिटिका अध्यक्ष माधव अधिकारीका अनुसार देश अहिले संक्रमण कालीन अबस्थामा रहेको र सम्पूर्ण नेपाली रास्टियताको सवालमा जुटने पर्ने बेला आएको र सुरुवात बिद्यार्थीबाट गर्नु पर्ने जनाउ दिनको लागि झण्डा राखिएको हो ।

Koteshwor Campus

विशेष