राजनीति

त्रिवि स्ववियु निर्वाचन तयारीमा

त्रिवि स्ववियु निर्वाचन तयारीमा
माघ - २० ।  त्रिभुवन विश्वविद्यालय आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको चहलपहललाई तीव्र पारेपछि त्रिवि पनि सक्रिय हुँदैछ । त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले निर्वाचनका लागि सबै क्याम्पसलाई पत्राचार गरिएको जानकारी गराइन् । उनका अनुसार स्ववियु आचारसंहिता निर्देशिका, निर्वाचन कार्यतालिका र स्ववियु विनियमावली सबै क्याम्पसमा पठाइसकेको छ । ‘हामी निर्वाचन गर्ने तयारीमा विभिन्न बैठक गरिरहेका छौँ’ उनले भनिन्, ‘सबै क्याम्पसलाई निर्वाचन समिति गठन गरेर काम थाल्न निर्देशन पनि दिइसकेका छौँ ।’ त्रिविले आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई लक्ष्य गरेर क्याम्पसमा नयाँ भर्ना रोक लगाएको छ । यस पटकको स्ववियु निर्वाचन पहिलो पटक २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणालीका साथ हुँदैछ ।

TU स्ववियु निर्वाचन

विशेष