रोजगार

नेपाल प्रहरीले माग्यो १ हजार ३३ कर्मचारी

नेपाल प्रहरीले माग्यो १ हजार ३३ कर्मचारी
माघ – २० । नेपाल प्रहरीमा रिक्त जनपद प्राविधिक समूहतर्फ १ हजार ३३ पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाल प्रहरीले उक्त समूहतर्फ प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । स्वास्थ्य, सञ्चार, संगीत, मेकानिकल इन्जिनियरिङलगायत उपसमुहअन्तर्गत दरखास्त भर्न सकिने प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर, ५ वटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु र ७२ वटा जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम बुझाउन सकिने छ । आगामी फागुन १ गतेदेखि फागुन ३० गतेसम्मका लागि समय सीमा तोकिएको कार्यालयले जनाएको छ । उक्त पदको नयाँ भर्ना सम्बन्धी सूचना विहीबारको राष्ट्रिय दैनिक गोरखापत्र तथा नेपाल प्रहरीको वेब साईटबाट लिन सकिने छ ।  

Job in Nepal Police

विशेष