राजनीति

चुनाव जेठ १० भित्र

चुनाव जेठ १० भित्र
माघ २१ । सरकारले बैशाखको अन्तिम देखि जेठ १० भित्र स्थानिय तहको चुनाव गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ । विहीबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि लिखित आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले २०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । बैठकले स्थानीय तह पुनःसंरचना आयोयले बुझाएको प्रतिवेदन अध्ययन र सुझावका लागि स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी सदस्य रहेको समिति पनि गठन गरेको छ । २ नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले दुई हप्ताभित्र अध्ययन प्रतिवेदनसहित सुझाव दिन समितिलाई ‘म्यान्डेट’ दिइएको छ । त्यस्तै, बैठकले चीनका गोन्जाओमा महावाणिज्यदूतमा सहसचिव रवि भट्राईलाई नियुक्त गर्ने र तनहुँको आठओटा सामुदायिक वनमा चिडियाखाना बनाउने निर्णयसमेत गरेको छ ।

Nribachan

विशेष