दुई तीन चरणमा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी
माघ २१ । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने छैन । दुई तीन चरणमा पनि स्थानीय निकाय निर्वाचन गराउन सकिन्छ–मन्त्रिपरिषद बैठकमा निधिले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कम्तीमा १५ दिन निर्वाचनको मिति घोषणा नहुने जानकारी बैठकमा दिएका थिए । संविधान संशोधन विधेयकलाई थाती राखेर निर्वाचन मिति घोषणा गर्ने स्थिति तयरा भएको छैन, दाहालको भनाइ उदधृत गर्द स्रोतले भन्यो, ‘त्यसका लागि संसदमा छलफलको प्रक्रिया अगाडि बढाउनु पर्छ ।’ –अन्नपूर्ण पोस्टबाट