भिडियो

दीपक भन्छन्, ‘बिग्रिने र बिगार्ने पुरुषमात्रै हुन्छन् र ! महिला चाहिँ सबै ठीक ?’ (भिडियो अन्तर्वार्ता)

दीपक भन्छन्, ‘बिग्रिने र बिगार्ने पुरुषमात्रै हुन्छन् र ! महिला चाहिँ सबै ठीक ?’ (भिडियो अन्तर्वार्ता)


चलचित्र छक्कापञ्जाले हासिल गरेको ऐतिहासिक सफलतासँगै फिल्मका विषयमा केही नकारात्मक टिकाटिप्पणी पनि भए । नेपालका हलहरुमा एक सय एक दिन प्रदर्शन भइसकेपछि विदेशमा फिल्म प्रदर्शन गर्न लाग्दा फिल्म पाइरेसी भयो । जसका कारण फिल्मका निर्माताहरुले युरोप भ्रमण छोट्याए । पाइरेसी पछि फिल्म निर्माण टिमले तुरुन्तै हाइलाइट्स् नेपाललाई बेचेर युटुबमार्फत प्रसारण गर्यो ।

फिल्म पाइरेसी गर्नेमा कृष्ण सुवेदी र उनका केही साथीहरुलाई प्रहरीले पक्राउ गर्‍यो । अन्तत कृष्ण सुवेदीले आत्महत्या गरे । विषय झनै जटिल बन्दै गयो । यसअघि पनि धेरै नेपाली फिल्म जस्तै ड्रिम्स, पशुपतिप्रसाद आदि पाइरेसीको शिकार भइसकेका छन् ।

कृष्ण सुवेदीले आत्महत्या गरेपछि केही मानिसहरुले छक्कापञ्जाका निर्माता दीपकराज गिरीले मानसिक यातना दिएका कारण सुवेदीले आत्महत्या गरेको आरोप पनि लगाए । यद्यपि कलाकार गिरीले यो विषयमा प्रतिवाद गर्दै आएका छन् । यो क्रममा दीपकराज गिरीको पक्षमा बोलिदिनेहरु पनि देखिए ।

कलाकार गिरीसँग अहिले जोडिने विषयहरु केही छन् जसका कारण उनी चर्चामै रहन्छन् । जस्तो कि छक्कपञ्जाको अभूतपूर्व सफलता, कृष्ण सुवेदीको आत्महत्या, युरोपमा फिल्म चलाउने अधुरो चाहना, दीपा निरौलासँगको लामो आत्मिय सम्बन्ध र छक्कापञ्जाभित्रको विषय वस्तुलगायत ।

दीपकले नेपाल आजसँगको कुराकानीका क्रममा भने, ‘हामी कलाकारले एक सय राम्रो काम गरेर कुनै एउटा काममा कमजोरी गर्यो भने सबैले त्यही एउटा काम औल्याउने गर्छन् ।’

उनले थपे, ‘आफै अदालतको न्यायाधीश भए झै कृष्ण सुवेदीको मृत्युका सम्बन्धमा पनि मानिसहरुले दीपकराज गिरी नै दोषी हो समेत भने ।’छक्कापञ्जा विदेशमा देखाउन उनीहरु युरोप पुगेका थिए । त्यही थाहा भयो कि फिल्म लिक भइसकेको छ । अब सित्तैमा युट्युबबाट फिल्न हेर्न पाएपछि कसले डलर खर्चेर फिल्म हेथ्र्यो । यो विषय दीपक–दीपाको मनमा बिझाउनु स्वभाविक थियो ।

यस्तै क्रममा उनले वास्तविक फ्यानलाई चिन्ने मौका पाएको बताए । वास्तविक फ्यानले कलाकारको कुरा बुझ्ने र दुःखमा पनि नआत्तिनुहोस् भनेर साथ दिने गरेको उनले बताए ।

उनले छक्कापञ्जा युटुबमा हालेपछि आएका प्रतिक्रियामा जवाफ दिएका छन् । सबै श्रीमतीहरु पति विदेश गएको समयमा अरुसँग लाग्छन् भन्ने छैन भन्ने प्रसंगमा उनले भने, ‘यो नराम्रो पक्षलाई टिप्पणी गरिरहँदा प्रियंकाले गाउँघरमा जाँड खाएर स्वास्नी कुट्ने श्रीमानलाई पुलिस बोलाएर जिम्मा लगाएको कसले देख्यो ? त्यस्तै जितु नेपालकी प्रेमिका उनैलाई कुरेर बसेको प्रसंगमा किन कसैले वास्ता गरेन ?’ नारीको सम्मान भएन भन्दा सबै नारी सत प्रतिशत राम्रो नै हुन्छन् भन्ने पनि छैन भन्ने कुरामा उनले जोड दिए ।


[embed][/embed]

chakka panja Deepak Raj Giri

विशेष