राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ
माघ–२१ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा प्रदर्शन गरेका उनका समर्थकहरुलाई पक्राउ गरेको हो ।
राउतलाई बिहीबार जनकपुरबाट पक्राउ गरी राज्यविरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत सिरहाबाट शुक्रबार थप अनुसन्धानको लागि १० दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय लहान राखिएको लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सीले जानकारी दिएका छन् ।
राउतले परापूर्वकालदेखि नै मधेश छुट्टै मुलुकभएको भन्दै नेपालबाट अलग पार्नुपर्ने अभिव्यक्ति दिएको र नारा जुलुश गरेको अभियोगमा प्रहरीले पटक–पटक पक्राउ गरिरहेका छन् ।
पक्राउ
समर्थक
सिके राउत