राजनीति

माओवादी–मोर्चा बैठकः प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने सहमती

माओवादी–मोर्चा बैठकः प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने सहमती
माघ–२१ । सत्तारुढ नेकपा माओवादी केन्द्र र मधेसवादी दलहरुबीच व्यवस्थापिका संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्ने सहमति भएको छ । शुक्रबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा माओवादी केन्द्र र मधेसी मोर्चाबीच विधेयकलाई परिमार्जनसहित पारित गर्ने समझदारी भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदमा दर्ता संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गराउन पहल गर्ने समझदारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

नेकपा माओवादी केन्द्र मधेसवादी दल संविधान संशोधन विधेयक

विशेष