राजनीति

कमल थापा निर्विरोध निर्वाचित

कमल थापा निर्विरोध निर्वाचित
माघ–२२ । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भए । क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भए । क्षेत्रीय अध्यक्षमा क्षेत्र नं १ बाट राजाराम अर्याल, क्षेत्र नं २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं ३ बाट धु्रव सन्जेल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित भएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए । रासस

कमल थापा निर्विरोध निर्वाचित

विशेष