राजनीति

स्ववियु चुनावको लागि कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले छान्यो उम्मेददार, अन्य संगठनकाे बाँकी

स्ववियु चुनावको लागि कोटेश्वर क्याम्पसमा क्रान्तिकारीले छान्यो उम्मेददार, अन्य संगठनकाे बाँकी
माघ–२२ । कोटेश्वर बहुमुखी क्याम्पस महादेव स्थानमा अखिल क्रान्तिकारीको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले नजिकिँदै गरेको स्ववियू चुनावको सभापतीको उम्मेदारमा ईकाई अध्यक्ष नवराज कार्कीलाई चुनेको छ । बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु विमल ढुङगेल, चेत बोलाखे र कुमार चौलागाईको उपस्थित रहेको थियो । त्यसैगरि बैठकमा अखिल क्रान्तिकारीको केन्द्रिय उपाअध्यक्ष रुद्र विष्ट, क्याम्पस जील्ला संयोजक पवन कार्की, केन्द्रिय सदस्य मनोज केसी र स्थानीय नेता नवराज गौतमको उपस्थिीती रहेको थियो । बैठकले कुमार चौलागाईको नेतृत्वमा ३८५ सदस्य स्ववियू निर्वाचन परिचालन कमीटी गठन गरेको छ । सम्र्पक विभागको संयोजक बद्री धिताल, स्वयमसेवक विभागमा करण गिरी, सास्कृतिक विभागमा बज्र सिंह लामा,संगठन विभाग डिल्लन श्रेष्ठ, जनजाती आदीबासी विभागमा सञ्जय राई, छात्रा विभागमा सविना उप्रेती, सविता आर्चाय, माया पन्त र सरला कार्कीलाई बैठकले जिम्मेवारी दिएको छ । कोटेश्वर क्याम्पसमा स्ववियू निर्वाचनको लागि प्रचार प्रसार गर्ने अनेरास्ववियु, नेवी संघ र अखिल क्रान्तिकारी छन् । जसमा अखिल क्रान्तिकारीले सभापतीको उम्मेरदार घोषणा गरिसक्दा अन्य संगठनले उम्मेदार घोषणा गरिसकेका छैनन् । स्ववियू चुनाव फागुन १४ मा हुँदैछ ।

कोटेश्वर क्याम्पस क्रान्तिकारी स्ववियु चुनाव

विशेष